काठमाडौं, जेठ २९ । नेपालमा पनि विश्व बालश्रम दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन गम्भिर समिक्षा गर्ने गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।
उनले नेपालबाट विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गर्न बालश्रम निवारण गुरुयोजना तय गर्न लागिएको पनि जानकारी दिए ।
सरकारले बालश्रम विरुद्धको अभियानलाई प्रभावकारी बनाउन ऐन, नियम र कानुन संशोधन गरेर अघि बढने योजना पनि अघि सारेको छ ।
यसै अवसरमा काठमाडौंको बसन्तपुरमा मंगलबार विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । बालश्रम विरुद्धको अभियानलाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा चेतनामूलक गिती नाटकहरु समेत प्रस्तुत गरिएको थियो ।
