काठमाडौ, जेठ २९ । नेपाल कम्युनिस्ट पार्टीका पूर्वप्रधानमन्त्री चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम नगर्ने जो कोही ठेकेदारलाई पनि कारबाही हुने बताएका छन् ।
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी घरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । काममा लापरबाही गरे उनलाई पनि कारबाही हुन्छ । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’
उनले अघि भने, ‘म जसको घरमा बसेको छ, त्यो घरको मान्छेले पनि गल्ती गर्यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’ ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे ।
