सुर्खेत, जेठ २८ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा भएको अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
बावियाचौरबाट मुरमुरी जाँदै गरेको भे १ ह २१३५ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा एक महिनाकी बालिका प्रतिक्षा शाही, आमा २४ वर्षीय विनिता शाही र अटो चालक अशोक रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए । बालिकाको दुर्घटनास्थलमै मृत्यु भएको हो ।
उपचारका लागि वीरेन्द्रनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा ४२ वर्षका विर्खबहादुर नेपाली र २९ वर्षीया लाली नेपाली घाइते भएका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
