अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन , प्रधानमन्त्री ओली

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७५

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिँड्नु नपर्ने बताएका छन्

कुनै पनि काम गराउनका लागि कमिसन दिने परम्पराले देशलाई गलत दिशामा लगेको बताए ।

भारतसँग व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुको उत्पादन र प्रवद्र्धन गर्न सरकार व्यवसायीहरुको साथ रहेको बताए । गर्दै प्रधानमन्त्री ओलीले ‘एन्टी डम्पिङ कर’को विषयमा भारत भ्रमणका क्रममा भारतीय पक्षसमक्ष कुरा राखेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले जायज कामका लागि कमिसन दिनुपर्दैन र नाजायज कामका लागि कमिसनको माध्यमले नहुने भएकाले कसैलाई कमिसन दिन बन्द गर्न समेत आग्रह गरे ।

‘व्यापारीहरुलाई आत्मनिर्भर बनाउन प्रशासनिक झन्झट, नीतिगत सुधार, बैंक ब्याज, विद्युतीय समस्या समाधान गर्न सरकार क्रियाशील रहनेछ’ विराटनगरको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने ।

मुलुक आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अगाडि बढेको प्रसङ्ग उल्लेख गर्दै देशमा विकासका लागि औद्योगिकीकरण र आधुनिकीकरणका लागि अनुकूल समय रहेको स्पष्ट गरे । ‘प्रमुख तीन विषय उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सबैको सहयोग आवश्यक छ’ उनले भने ।