इजरायली दूतावासमा खटिएका असईले आफैंलाई गोली हाने

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७५

काठमाडौं, जेठ २७ । प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले बिहान साढे १० बजे आफैंलाई गोली हानेर आत्महत्या गरेको छ ।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको पुष्टि गरे ।