टिचिङ हस्पिटलमा कर्मचारीको लकरबाट पेस्तोल र ३ राउण्ड गोली बरामद

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७५

काठमाडौं, जेठ २७ । काठमाडौं प्रहरी परिसरको टोलीले त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट पेस्ताल र गोली बरामद गरेको छ ।

यद्यपि, पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन ।

स्रोतका अनुसार त्यहाँ कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन । प्रहरीले भने लकर कसले प्रयोग गरेको थियो भन्नेतिर अनुसन्धान थालेको छ ।

‘त्यहाँका स्टाफहरुले प्रयोग गर्ने लकर मध्येको एउटा धेरै समयदेखि नखुलेपछि प्रशासनले सूचना समेत जारी गरेको रहेछ’, परिसरका डिएसपी मोहन थापाले अनलाइनखबरसँग भने, ‘जसजसको लकर हो, उनीहरुको नाम लेख्न लगाइएको थियो । तर, कसैले त्यहाँ आफ्नो नाम नलेखेपछि प्रहरीसम्म कुरा पुगेको थियो । र, खोल्दा पेस्तोल भेटिएको हो ।’