
कृष्णराना मगर
धादिङ जेष्ठ २५ । कमलादेवी आधारभुत विद्यालय त्रिपुरासुन्दरी ३ मुलपानी ले छात्रवृत्ति वितरण तथा विद्यार्थी बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्था समितिका निवर्तमान अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्था समितिका सदस्यहरू, अभिभावकको उपस्थिती रहेको थियोे ।
कार्यक्रममा दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति रु ४०० का दरले रु ३३,८०० वितरण गरिएको थियोे । साथै वार्षिक परीक्षा २०७४ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियोे ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कक्षा ८ उर्तीण भइ अन्यत्र जाने विद्यार्थीहरूलाई पनि मायाको चिनो दिई बिदाइ गरेको छ ।
