सरकारसँग असन्तुष्ट लोकसेवा आयोग

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७५

काठमाडौं, जेठ २५ । निजामती कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष कायमै राख्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय प्रति लोकसेवा आयोगले असन्तुष्टि जनाएको छ।

कानुन मन्त्रलायले यस निर्णयमा सहमति दिएमा लोकसेवा आयोगमा पनि सहमतिका लागि पठाउने तयारी भएको संघीय मामिला मन्त्रालयले जनाएको छ।

लोकसेवा आयोगले भने कर्मचारीको अवकाश उमेर ६० वर्ष राख्न सरकारलाई सुझाव दिँदै आएको छ।

मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन ०७५ को मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायमै राखिएको छ।