
काठमाडौं, जेठ २५ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा पेश गर्ने कार्यसूची रहेको छ।
यसअघि नियमावलीमा सहमति जुटाउन सभामुख महराले दुईपटक सर्वदलीय बैठक बोलाइसकेका छन्। फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुने वा नहुने विषयको विवादले नियमावली निर्माण हुने सकेको छैन। साथै संसदीय समितिहरुको संख्यामा समेत विवाद रहेको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन संसदमा छलफलका लागि पेश गरेपछि दफाबार छलफल सुरु हुनेछ। संसदमा सांसदहरुले पेश गरेको संशोधनहरुलाई क्रमश निर्णयार्थ पेश गरेर नियमावलीको टुंगो लगाउने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।
दलहरुबीच सहमति हुन नसकेपछि पटक–पटक कार्यसूचीबाट सर्दै आएको प्रतिनिधिसभा नियमावली मस्यौदा आज संसद बैठकमा पेश गर्न लागिएको हो ।
