त्रिचन्द्र कलेज भौतिक पूर्वाधारले दयनीय

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७५

काठमाडौं, जेठ २४ । नेपालमा उच्च शिक्षा प्रारम्भ गरेको त्रिचन्द्र कलेज यो ऐतिहासिक कलेजको भौतिक पूर्वाधार भने अहिले दयनीय बन्दै गएको छ ।

यो कलेजको अवस्था दयनीय हुनुमा कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र क्षमता भन्दा अधिक विद्यार्थी एवं उनीहरुको राजनीति मुख्य कारण हुन्। अहिले यो कलेजमा एघार हजार भन्दा धेरै विद्यार्थी अध्ययरत छन् भने १५० जना अध्यापक र १ सय ३२ कर्मचारी कार्यरत छन् ।

वर्षौदेखि हजारौं विद्यार्थीलाई शिक्षाको ज्योति छर्दै आएको यो कलेजको घन्टाघरसहितको ऐतिहासिक भवन, पुस्तकालय, कक्षा कोठा र अन्य पूर्वाधार निकै दयनिय अवस्था देखिन्छ ।