सर्पले डसेर वडा अध्यक्षको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७५

विराटनगर, जेठ २४ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्षलाई सर्पले डसेर मृत्यु भएको छ ।

बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो ।

अत्यधिक गर्मी र पानी परिरहेकाले तराई मधेसका जिल्लामा सर्पको बिगबिगी छ ।

उनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।