
काठमाडौं, जेठ २३ । सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आन्दोलन गर्ने भएका छन् । यो सँगै आन्दोलनका कारण प्रभावित भएको सेयर बजार ठप्प हुने भएको छ ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सरकारको पछिल्लो निर्णय फिर्ता नलिएसम्म सेयर कारोबार हुन नदिने चेतावनी दिएका छन् । उनले आज विहान १० बजे नेपाल धितोपत्र बोर्ड घेराउ गनुका साथै ब्रोकरको कार्यालय घेराउ गरी कारोबार हुन नदिने बताए ।
सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा कढी रकम पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताहरु मंगलबारदेखि आन्दोलन जारी राखेका हुन् ।
गत शुक्रबार आन्तरिक राजस्व विभागबाट जारी पत्र फिर्ता नभएसम्म आन्दोलनलाई यथावत राखि थप शसक्त बनाइने अर्यालले बताए ।
