
कमवानपुर, जेठ २३ । मकवानपुरमा चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा २२ वर्षीया निर्मला भ्लोन, ५ वर्षीया निमेष भ्लोन, २ वर्षीया निशा भ्लोन र ६ वर्षीया राजु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीया छलिमाया थिङ र १५ महिने बालक देव थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
