धादिङ जेष्ठ २२ । ‘भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्व’ भन्ने नाराको साथ धादिङमा पनि विश्व वातावरण दिवस मनाइएको छ ।
विश्व वातावरण दिवस २०१८ को अवसरमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले देवीदत्त गण सुरक्षा गुल्म धादिङबेसी र जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा विरुवा रोपेर दिवस मनाएका छन् ।
यस्तै जिल्ला अस्पताल धादिङमा कार्यरत कर्मचारीहरुले अस्पताल प्राङ्गण सरसफाई तथा बृक्षारोपण गरि विश्व वातावरण दिवस २०१८ मनाए ।
विश्व वातावरण दिवस २०१८ को अवसरमा धादिङबेसी स्थित होलिस्टक हेल्थ धादिङले निशुल्क जमराको जुस खुवाएको थियो । मानव स्वस्थ्य, दुषित वातवरण र प्रकृति प्रेमी मानव शरीरका लागी जमराको जुस अत्यत्न लाभदायीक भएकोले आज जनचेतनाको लागी जमराको जुस खुवाउँदै रोगी वा निरोगी सबैलाई जमराको जुस खान सिकाएको धादिङबेसी फिल्महल अगाडी अफिस रहेको होलिस्टिक हेल्थ धादिङर्की प्रमुख सुशिला रिजालले बताईन् ।
त्यस्तै धादिङबेसी स्थित एड्भान्स एकेडेमीले पनि सम्पूर्ण विद्यार्थी र शिक्षक/शिक्षिकाको सहभागितामा विद्यालय पाङ्गणमा सरसफाइ र बृक्षारोपण गरि दिवस मनाएको छ ।
तस्वीरहरु





