विद्यार्थीलाई सहयोग गर्न क्यानडामा फेशन शो

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७५

क्यानडा जेष्ठ २२ । क्यान एजुकेशन फाण्डेशनले स्कुल जानबाट बञ्चित बालबालिका स्कुल पठाउन सहयोग संकलनका लागि क्यानडामा फेशन शो कार्यक्रम गरेको छ ।

नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने बालबालिकालाई सहयोग गर्दै आइरहेको क्यान एजुकेशन फाण्डेशनले कक्षा १२ सम्म सहयोग गर्न फेशन शो कार्यक्रम गरेको हो ।

गायिका तथा मोडल रमिता भण्डारीको कोरियो ग्राफीमा सम्पन्न फेशनको शो नेपाली तथा क्यानेडियन मोडलहरुको सहभागीता रहेको थियो ।

उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने आयोजक संस्थाका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए ।