धादिङको त्रिपुरासुन्दरी र उदयपुमा मेगा बैंकको शाखा विस्तार

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७५

धादिङ, जेठ २१ । बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र रौतामाईको मुर्कुचेमा शाखा विस्तार गरेको छ ।

बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र रौतामाईको मुर्कुचेमा शाखा विस्तार गरेको हो।

मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ। उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालयहरु खुल्ने बैंकले जनाएको छ ।

योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ। ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्।