बस दुर्घटना हुँदा डिभिजन सहकारी प्रमुख सहित १२ को मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०७५

पाल्पा जेठ १८ । बस दुर्घटनामा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहरा सहित १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तानसेनबाट रामपुरका लागि छुटेको लु २ ख ९७५ नम्बरको बस आर्यभञ्ज्याङ र रामपुरको बीचमा पर्ने हुमिनमा दुर्घटना हुँदा बोहोरा सहित सबै जना एकै सहकारीका कर्मी रहेको बताइएको छ ।

मृत्यु हुनेमा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहरासहित विष्णुमान बज्राचार्य, सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, शुसिल श्रेष्ठ, देवेन्द्र प्रधान र वसन्ती खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोहोरा लामो समय डिभिजन सहकारी कार्यालय धादिङमा समेत कार्यरत थिए ।