
काठमाडौं, जेठ १८ । सरकारले भूकम्प पीडितको लाभग्राही सूचीमा छुटेका २ लाख मध्ये १० हजार ८४५ जनालाई लाभग्राही सूचीमा राखेको छ ।
प्राधिकरणकाअनुसार १ लाख ६५ हजार ८८१ लाभग्राहीले तेस्रो किस्ताका लागि आवेदन दिएका छन् । कूल ९ लाख ९६ हजार ५८२ घर क्षति भएको भन्दै लाभग्राही सूचीका लागि आवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
लाभग्राही सूचीमा छुटेको भन्दै गुनासो आउने क्रम अहिले पनि जारी रहेको सन्दर्भमा प्राप्त भएका गुनासा तथा निवेदनलाई सम्बोधन गरिएपनि अझै ठूलो संख्यामा नागरिक बाँकी रहेका छन् ।
पछिल्लो पटक पुनः निर्माण प्राधिकरणले स्थगलत अध्ययन तथा प्राविधिकहरुको सुझावका आधारमा लाभग्राहीको संख्या थप गरेको हो ।
त्यसमा अति प्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४६० घर परिवार प्रभावित भएका थिए । कम प्रभावित १८ जिल्लाका एक लाख ६३ हजार १२२ घर प्रभावित भएका थिए ।
ती मध्ये ७ लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा परेका थिए । ४ लाख २४ हजार २३५ घर परिवारले दोस्रो किस्ताका लागि आवेदन दिएका छन् । ७ लाख ९ हजार १८१ घर परिवारले पहिलो किस्ता बुझेका छन् ।
पछिल्लो पटक धादिङ, दोलखा, नुवाकोट, रसुवा, गोरखालगायतका जिल्लाको गुनासो मध्ये केहीको लाभग्राही सूचीमा थप गरिएको हो ।
हालसम्म १४७ वटा सरकारी भवन मात्रै पुनः निर्माण भएका छन् । त्यस्तै १०६ वटा सांस्कृतिक सम्पदा पुनः निर्माण भएका छन् । सरकारी भवन तथा सांस्कृतिक सम्पदा पुनः निर्माणको गति कमजोर रहेको छ । त्यस्तै स्वास्थ्य संस्था तर्फ १४५ वटा मात्र पुनः निर्माण भएका छन् ।
धादिङ जिल्लाको तथ्याङ्क
कुल सर्भे –८५२२५
लाभग्राही सूचीमा परेका कुल संख्या –७३२७६
प्रवलिकरण सुचिमा परेका लाभग्राही–१४९४
अनुदान सम्झौता –६९९७४
पहिलो किस्ता बितरण –६९८१७
दोश्रो किस्ताका लागि प्रमाणिकरण –३९१४१
तेश्रो किस्ताका लागि प्रमाणिकरण –११३८१
बन्दै गरेका घरहरु –५३१८८
निर्माण सम्पन्न भएका घरहरु –१८९४०
गुनासो दर्ता –१६४०७
फर्छयौट भएका गुनासो– ०
