
काठमाडौं, जेठ १८ । सगरमाथा चढेर कीर्तिमान कायम गरेको भन्दै आरोही दिकी शेर्पालाई सम्मान गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा शेर्पालाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।
यसै वसन्तकालीन सिजनमा सगरमाथाको सफल आरोहण गरेकी आरोही दिकी शेर्पाको सम्मान कार्याक्रममा बोल्दै मन्त्री अधिकारीले सगरमाथाको सफाइमा केन्द्रित हुनेपर्ने बताएका हुन् । वर्षेनी हुने आरोहणको क्रममा आरोहीले प्रयोग गरेका सामग्री सगरमाथा छोड्दा फोहोर बढेकाले आरोही दिकी शेर्पालाई समेत सफाईमा केन्द्रित हुन मन्त्री अधिकारीले अनुरोध गरेका छन् ।
टुरिजम मिडिया क्लब र टेकिङ गाइड एसोसिएसन (टिगान) को संयुक्त आयोजनामा भएको कीर्तिमानी आरोही दिकी शेर्पा सम्मान कार्यक्रममा सगरमाथामा फोहोर बढ्दै गएकाले सफाइमा केन्द्रित हुन मन्त्री अधिकारीले अनुरोध गरेका छन् ।
हिमालको नामबाट नेपाल चिनिएकाले हिमाल संरक्षणमा लाग्नुपर्ने धारणा उनले राखेका छन । त्यसैगरी सांसद् यज्ञराज सुनुवारले दिकीको साहसले सम्पूर्ण नारीको शिर ठाडो बनाएको बताए । पूर्वसांसद् रामहरि खतिवडाले शेर्पाले हिमाल चिनाएको र हिमालले शेर्पा चिनाएको भन्दै दिकीले चुचुरो चुम्न गरेको साहसमा बधाई दिँदै सम्पूर्ण आरोहीको कदर हुनेगरी काम गरिनु्पर्ने बताएका छन ।
दिकी शेर्पाको आरोहणले नारी जगतमै उत्साह थपेको अनुमान गरिएको छ । दिकी शेर्पा पनि अबको दिनमा हिमाल संरक्षण र नारी आवाजको लाग्ने लाग्ने जनाएकी छिन् । संखुवासभामा जन्मेकी दिकीले यसअघि पनि मनास्लु लगायत आधा दर्जन हिमाल आरोहण गरेकी छिन । हाल ओखलढुंगा निवासी दिकी जिल्लाबाट सगरमाथा चढ्ने दोस्रो महिला हुन् ।
