रुपन्देहीको कपास उद्योगमा आगलागी

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७५

बुटवल,जेठ १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित श्रीराम कपास उद्योगमा आकाशबाट पानी परेको अवस्थामा विद्युत सर्ट भई आगलागी भएको छ ।

बिहान ४ बजेतिर भएको आगलागीबाट करिव १५ लाख रुपैयाँ बरारको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आकाशबाट पानी परेको अवस्थामा विद्युत सर्ट भई आगो लागेको जिल्ला प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको प्रयोग गरी डेढ घण्टामा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।