काठमाडौं, जेठ १४ । गायक शिव परियार सवारी दुर्घटनामा परेर घाइते भएका छन् । उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
सामाखुशी बसुन्धरा क्षेत्रमा परियार चढेको बा ८० प ९९९८ नम्बरको २५० सीसी सीबीआर बाइकलाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफ जेड बाइकले ठक्कर दिएको हो । परियारको दाहिने खुट्टामा चोट लागेको छ ।
सोही मोटरसाइकलमा सवार अर्का गायक कर्णराज गिरी सामान्य उपचारपछि घर फर्केका छन् । डा. बिनोद बिजुक्क्षे आफ्नो उपचार गरिरहेको परियारले जानकारी दिए । उनले आफु खतरामुक्त रहेको बताएका छन् ।