काठमाडौं, जेठ १३ । युक्रेनको राजधानी किएभमा गएराति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको छ ।
लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामानै मैदानबाट बाहिरिनुले पनि उसलाई ठुलो झड्का लागेको हो । पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि मोहम्मदको काँधमा चोट लाग्यो जसले गर्दा उनले३० औं मिनेटमा मैदान छाड्नु पर्यो ।
स्पेनिस फुटबल क्लब रियाल मड्रिडले लगातार तेस्रोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
रियल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले दुई तथा करिम बेन्जमाले एक गोल गरे। खेलमा लिभरपुलका सादियो मानेले एक गोल फर्काएका थिए ।