निर्मल कार्कीमाथि गोली हानी लुटियो साढे नौ लाख

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १३, २०७५

धनगढी, जेठ १३ । धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको छ ।

उनको दाँया पाखुरा र छातीमा गोली लागेको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आइएमीका कर्मचारी समेत रहेका कार्कीले सिद्धार्थ बैंकबाट ग्लोबल आइएमीका लागि पैसा लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जना नकावधारीले उनलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको साथमा रहेको उक्त रकम नकावधारीहरूले खोसेर लगेको उनले बताए ।