८२ हजारले कोरीयन भाषा परीक्षा दीँदै, परिक्षार्थीका लागि यस्ता छन् नियम

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १३, २०७५

काठमाडौं, जेठ १३ । सन् २०१९ का लागि कोरियन भाषा परीक्षा आगामी असार २६ र २७ गते सञ्चालन हुँदैछ ।

परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने भण्डारीले बताए । उनले गतवर्ष विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको र्फम यस वर्ष रद्ध गरिएको जानकारी दिए ।

‘३ वर्षसम्म त्यस्ता परीक्षार्थी अन्य भिसामा पनि कोरिया जान पाउँदैनन्,’ उनले भने,’परीक्षालाई मर्यादित र व्यवस्थित गर्न हामी गागिरहेका छौं ।’

जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यसका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष कोरियाले नेपालमा लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने गर्छ । त्यसकारण नतिजा आउन समय नलाग्ने भण्डारीले बताए ।

यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ ।

उनले परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा ल्याउन आग्रह गरे । दुईमध्ये एउटा मात्रै छुटेमा पनि परीक्षा दिन नपाइने उनले बताए ।