पकेटका पत्रकारलाई मात्रै वोलाउने विनियम पास

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ११, २०७५

Harihar Singh Rathour
नेपाल पत्रकार महासंघलाई वोलाए सवै पत्रकार माउ र चल्ला जसरी संगै आउछन् र सवैले समाचार लेख्छन भन्ने भ्रम त्याग्नुस ।

महासंघलाई खवर गरे सवैले पत्रकारले थाहा पाउदैनन । यो विधी नेपालमा आज सम्म चलेको छैन । पत्रकार महासंघ सवैलाई वोलाउने कटुवाल पनि हैन । महासंघ संग सवैलाई फोन गर्ने पैसा पनि छैन ।

सवैलाई समाचार लेख्न वोलाई दिने जागीर महासंघमा कसैले पाएको छैन । सवैलाई वोलाउनु भन्ने खवर आए पनि अरुलाई पनि खवर गर्ने कि आफु र आफना मात्रै लिएर लुसुक्क जाने जिल्लाका पत्रकार नेताकोृ हातमा भर पर्छ । नितीगत कार्यक्रममा महासंघलाई वोलाउनु होस समाचार लेख्न महासंघलाई हैन संचार माध्यमका स्थानीय संवाददातालाई वोलाउनुस ।

पत्रकार महसंघलाई वोलाए खुसुक्क एक्लै जाने देशभरकै रोग हो । यो रोगवाट धेरै पत्रकार पिडित भएका छौं । अति महत्वपुर्ण कार्यक्रममा पनि समाचार संकलनमा छुटेका छौं । स्थानीय तहहरुले त आफना पकेटका पत्रकारलाई मात्रै वोलाउने विनियम पास गरेका छन । जस्का करण उनीहरु आफनो निकायका समाचार हाम्रा पकेटका हामीले पालेका पत्रकारले मात्रै लेखुन भन्ने चाहन्छन् ।