जिल्ला शिक्षा अधिकारी माधव प्रसाद शर्माको साथै ७७ वटा जिल्लाका शिक्षाअधिकारीको सरुवा

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ११, २०७५

धादिङ, जेठ ११ । धादिङका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अर्थात जिल्ला शिक्षा अधिकारी माधव प्रसाद शर्माको सरुवा भएको छ ।

धादिङका शर्मालाई शिक्षा विभाग सरुवा गरिएको छ भने शिक्षा मन्त्रालयमा कार्यरत उप सचिव शिवप्रसाद रेग्मीलाई धादिङको जिल्ला शिक्षा अधिकारीमा सरुवा गरिएको छ । रेग्मीले केही बर्ष अघि धादिङमा बिद्यालय निरीक्षक हुंदै शाखा अधिकृत पदमा काम गर्नु भएको थियो । यसै गरी गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीलाई चितवन, नुवाकोटका चन्द्रबहादुर खड्कालाई शिक्षा विभाग सरुवा गरिएको छ भने हुम्लाका जिल्ला शिक्षा अधिकारी मदनकुमार थापालाई नुवाकोट, क्षेत्रीय शिक्षा निर्देशनालयका खेमराज पौडेललाई गोरखाको जिल्ला शिक्षा अधिकारीमा सरुवा गरिएको छ ।

नेपाल सरकारले बिहीबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जिल्ला शिक्षाअधिकारीहरुको सरुवा निकालेको हो ।