३३ केजी सुन तस्करीमा नेकपा कार्यकर्ता आचार्य पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ११, २०७५

विराटनगर, जेठ ११ । साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । मोरङका कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् ।

आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

गएको संसदको चुनावमा आचार्यले गोरेमार्फत सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराएको आरोप छ । यद्यपि, खतिवडाले आरोपको खण्डन गरेका छन् । उर्लाबारी–५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ ।