काठमाडौं, जेठ १० । आज भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली बौद्धिकताको पहिचान गर्ने खालको हुनुपर्ने बताउँदै आइन्स्टाइन र सन्दिप लामिछानेको उदाहरण समेत दिन भ्याए । उनले विश्वका महान वैज्ञानिक आइन्स्टाइन कम बोले (डल) पनि क्षमतामा सबैभन्दा अब्बल रहेको उदाहरण दिँदै साना बालबालिकाहरुलाई कम (डल) बोल्नासाथ कमजोर नठान्न उनले अभिभावकहरुलाई सचेत गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुन नहुने बताउँदै गुलाबको फूलझै लोकप्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, हाम्रो शिक्षा भ्यालेन्टाइन डे को गूलाबको फूल जस्तै लोकप्रिय हुन जरुरी छ, जीवनपयोगी हुनुपर्यो । सर्टिफिकेट फ्रेममा सजाउन लाखौं खर्च गरिएको होइन ।
त्यसअघि इजरायलका राजदूतले आफ्नो मुलुकले भ्यालेन्टाइन डेका अवसरमा यूरोप र एसियामा गुलाबका फूल निर्यात गरेरै राष्ट्रिय अर्थतन्त्रमा ठूलो उपलव्धी हासिल गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले इजरायली राजदूतको त्यो प्रसंगलाई जोड्दै नेपालले पनि त्यसरी नै अघि बढ्नुपर्ने बताएका थिए । उद्घाटन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको उपस्थिति रहेको थियो ।
यता, खेलाडी सन्दिप लामिछानेको उदाहरण दिँदै क्रिकेट खेल्ने मौका पाएकोले नै उनले सफलता हासिल गरेको र साना नानीबाबुहरुलाई पनि त्यस्तै मौका दिन आग्रह गरे । उनले भने, सन्दिप लामिछाने डल्लो ९क्रिकेट० खेल्न माहिर छन्, उनले डल्लो खेल्ने मौका पाएरै त्यो सफलता हासिल गरेका हुन् ।