दुबईमा नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौं, जेठ १० । दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन् ।

दुबई पुलिसले मिरनको इमान्दारिताको सम्मान गर्दै प्रमाणपत्र समेत प्रदान गरेको छ। दुबई पुलिसद्धारा सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा मिरनले आफ्नो इमान्दारिताको दुबई पुलिसले प्रशंसा गरेको भन्दै धन्यवाद दिएका छन् ।

यो रकम नेपालमा करिब १ करोड १८ लाख रुपैयाँ हुन आउँछ ।

दुबई पुलिसका नायव निर्देशक क्लोनेल अकिल मुहम्मद अलीका अनुसार स्टारबक्स कफी सपमा कार्यरत झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलरसहितको झोला प्रहरीमार्फत फिर्ता गरेका हुन् ।

उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु रहेको र मिरनले अल वर्षा पुलिस स्टेसनमा बुझाएको दुबर्इस्थित खलिज टाइम्सले जनाएको छ ।