वीरगन्ज, जेठ १० । रौतहटको जगतपुर बिर्ताबाट रागा बोकेर निजगढ जान लागेको मिनी ट्रक बिपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा उछिटिएर १० फिट तल खसेको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने निजगढदेखि ५ किलोमिटर पूर्व एउटा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा मिनी ट्रकमा रहेका दुई जना घाइते भएका छन् ।
घाइतेहारुको उपचार निजगढको मोहिनी मेडिकलमा भइरहेको निजगढ इलाका प्रहरी कर्यालयका प्रहरी निरीक्षक धर्मजङ थिङले बताए । उनका अनुसार घाइतेहरुको अवस्था समान्य छ ।
ना५प ३७८१ नम्बरको उक्त मिनी ट्रकमा लैजाँदै गरिएको १६ वटा राँगा घाइते भएका छन् । रौतहटको जगतपुर बिर्ताबाट रागा बोकेर निजगढ जान लागेको मिनी ट्रक बिपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा एउटा कल्भर्ट निर राजमार्गबाट उछिटिएर १० फिट तल खसेको छ ।