सरकारलाई बाबुरामको प्रश्नः पछाडि फर्किन खोजेको त होइन ?

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

काठमाडौं, जेठ १० । नीति तथा कार्यक्रममाथि छलफलमा बिहीबार भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले संघीयताको बुझाइमा समस्या देखिएको बताएको छ ।

सरकारको नीति तथा कार्यक्रम विविधता भनिएपनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भन्ने शब्द नै प्रयोग नभएको भन्दै उनले पछाडि फर्कन खोजेको त होइन भन्ने आशंका व्यक्त गरे ।

खसआर्य, किरात (आदिवासी जनजाति) र मधेसी गरी तीन क्लस्टर मिलेर इन्द्रधनुषी राष्ट्रियता बनेको भन्दै उनले विविधता मात्र भनेर नपुग्ने बताए ।

पहिचान र अधिकारसहित संघीयतामा जाने भनेर सहमति भएर नै संघीयतामा गएको भन्दै उनले भने, ‘फरक राष्ट्रियताको रुपमा ग्रहण गर्नुपर्छ । यो दस्तावेज हेर्दा पछाडि फर्किएको हो कि भन्ने लाग्छ ।’

तीन समुदायले इतिहासको कालखण्डमा राज्य गरेको तर, पछिल्लो २०० वर्ष खसहरुको राज्य चलेकाले उनीहरु अगाडि आएको भन्दै उनले सबै उस्तै हुन्, पछाडि पारिएको होइन भन्न नमिल्ने बताए ।

सरकारको नीति तथा कार्यक्रममा विविधता भनिएको छ तर, संविधानले भनेको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राज्य भन्ने शब्द परेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि भनिएको छैन ।

उनले नीति तथा कार्यक्रममा संविधान संशोधन छुटेकोमा पनि असन्तुष्टि जनाएका छन् ।

नीति तथा कार्यक्रममा ‘विविधता कुनै थिचोमिचो र आक्रमणको परीणाम होइन, सभ्यता, भाषा, संस्कृति, विकास एवं राष्ट्र निर्माण प्रक्रियामा हाम्रो भूगोल, इतिहास र विकासक्रमले दिएको यथार्थ हो’ भनिएको छ । नयाँ शक्तिका नेता डा। भट्टराईले भने, ‘यो संविधानको मर्म र भावना विपरित छ ।’

नीति तथा कार्यक्रममाथि छलफलमा बिहीबार भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले संघीयताको बुझाइमा समस्या देखिएको बताए । उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘ध्यान नपुर्‍याउनु भएको कि जानीबुझी संविधानको मर्मविपरित गर्नु भएको हो ।