घुस लिदालिदै जिशिअ खगेन्द्र पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ९, २०७५

इटहरी, जेठ ९ । ५० हजार घुस रकम लिदालिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ ।

आवश्यक सोधपुछ एवं थप अनुसन्धानका लागि उनलाई इटहरीस्थित आयोगको कार्यालयमा ल्याउने तयारी भईरहेको पनि प्रवक्ता भट्टराईले बताए ।

जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा ५० हजार घुस रकम लिदालिदैं उनलाई आयोगका टोलीले नियन्त्रणमा लिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।