काठमाण्डौ जेठ ८ । ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’लाई पक्राउ गरी प्रहरीलृ सार्वजनिक गरेको छ ।
गोरे भनेर चिनिने चुडामणि उप्रेतीउनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको हो ।
तर प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थीत गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा पक्राउ गरेकाो दावी गरेको छ ।
३३ किलो सुन काण्डमा संलग्न गोरेको टोली ६५ जना विरुद्ध २०७५ जेठ १९ गते मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समुहको स्थापना लागायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्धा दर्ता गरिसकेको छ ।
यसअघि प्रतिवादी बनाइएका यसै मुद्धाका ६५ मध्ये ३३ फरार र ३२ जनालाई अदालत समक्ष पठाइसकिएको छ । मुद्धाका मुख्य अभियुक्त मोरङ उर्लाबारी ४ घर भई काठमाडौंको गौरीघाटमा बसोबास गर्दे आएका थिए । ३३ किलो सुनकाण्डपछि उनी फरार थिए ।
चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।
प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।
उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।
त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ९११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।
उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन्, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’
दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।
जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले ।
नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । ‘उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेको थियो’, स्रोतले भनेको छ, ‘उनले कतिपयलाई स्कोर्पियो गाडीमा दिएका थिए ।’
देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए । काठमाडौंको गोेरीघाटमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए ।
हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । तस्वीर रातोपाटीबाट