काठमाडौँ, जेठ ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरे केही महिनादेखि अस्वस्थ भएपछि विगत १५ दिनदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएका छ ।
केही महिनादेखि नै उहाँ बिरामी हुनुहुन्छ तर १५ दिन यता भने भर्ना नै गरेर ग्राण्डीमा उपचार गराइरहेका छौं,’ घिमिरेले फोनमा भने, ‘तर दिशाबाट रगत जान रोकिएन । इन्डोस्कोपी र कोलोनोस्कोपी पनि गरियो। त्यसबाट केही देखिएन त्यसैले कारण पत्ता लगाउनका लागि विदेश नै जानुपर्ने चिकित्सकहरुसँग सल्लाह भएको छ। हामी सोही अनुसारको तयारी गर्दै छौं ।’
उनको छोरा इन्डिबर घिमिरेका अनुसार आउँदो असोज ७ गते सय वर्ष लाग्ने राष्ट्रकवि क्रोनिक ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका हुन्। केही समय यता उनको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको हो ।
उनका अनुसार राष्ट्रकविलाई विदेश लाने भनिए पनि उमेरका कारण सामान्य विमानमा लाने अवस्था छैन। ुएयर एम्बुलेन्स नै बोलाउनुपर्ने देखिन्छ। त्यसैले कहाँ, कसरी लैजाने भन्ने यकिन भइसकेको छैन,ु उनले भने ।
विदेश नै लानुपर्ने अवस्था बारे भने उपचारका संलग्न चिकित्सकको टोलीसँग छलफल भइरहेको जानकारी दिए।उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेको नेतृत्वमा डा.विवेक शर्मा, डा.अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको छ ।
घिमिरेका अनुसार राष्ट्रकविलाई आफू बिरामी छु भनेर देखाउन मन नलागेकै कारण एक महिनादेखि अस्वस्थ भएर अस्पताल भर्ना भएपनि सो सूचना सार्वजनिक नगरिएको हो ।