गोपाल फ्युवा
धादिङ खनियावास जेष्ठ ६ । उत्तरी धादिङको खनियावास गाउॅपालिका भोग्टेनी हेल्थ पोस्टमा बर्थिङ सेन्टर हस्तान्तरण गरिए सँगै स्थानीयले खुसीयाली मनाएका छन् ।
शनिवार स्थानियहरुको बाक्लो उपस्थितिमा खनियावास गाउॅपालिका प्रमुख रणबहादुर तामाङले उक्त बर्थिङ सेन्टर स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।
भूकम्प पश्चातको पुननिर्माण कार्यक्रम अन्तर्गत युनिसेफको ६० लाख सहयोगको लागतमा बर्थिङ सेन्टर निर्माण भएको हेल्थपोष्टका अहेव कमल पौडेलले बताए ।
अधिकांश महिलाहरूलाई सुरक्षित रूपमा सुत्केरी नसकि रहेको अवस्थामा बर्थिङ सेन्टरको निर्माणले महत्वपूर्ण सहयोग पुर्याउने वडा नं ५ का अध्यक्ष बुधराम तामाङले बताए।