धादिङबाट नेकपाको केन्द्रिय समितिमा को-को चुनिए ?

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ६, २०७५

धादिङ जेष्ठ ६ । नेपालका दुई ठुलापार्टीहरु एमाले र माओवादी केन्द्र विघटन गरि बनाईएको स्थायी समिति र केन्द्रिय समितिमा गरि ४ जना परेका छन् ।

नेकपा एमालेको भागमा परेको २४१ सदस्यको अन्तिम नामावली तयार पारिसकेको छ भने नेकपा माओवादी केन्द्रको भागमा परेको २०० जनाको अन्तिम नामावली अझै फाइनल भएको छैन ।

एमालेको कोटाबाट नेकपाको स्थायी समिति सदस्यमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कडेल परेका छन् । यस्तै एमाले कोटाबाट नेकपाको केन्द्रिय सदस्यमा धादिङका राजेन्द्र पाण्डे, गंगालाल तुलाधर परेका छन् ।

माओवादी केन्द्रले अहिले सम्म ८६ जनाको नाम मात्र टुङ्ग्याएको छ जसमा धादिङका पुष्पविक्रम मल्ल परेका छन् भने अर्का शालिकराम जमकट्टेल नाम पनि चर्चामा रहेको छ ।