काठमाडौँ, जेठ ६ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ ।
तत्कालिन एमालेबाट टुंगो लगाइएको नाम अब एकीकृत पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले अनुमोदन गर्नुपर्ने बताइएको छ ।
यसैबीच तत्कालीन माओवादीको केन्द्रको भागमा परेको २०० केन्द्रीय सदस्य मध्ये ८४ जनाको नाम तय भएका छन् ।
एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्सीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल ४५ जना थप गरी २४१ जनाको नाम टुंगो लगाएको हो ।