चितवनमा ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार ४ जना घाइते

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ५, २०७५

चितवन, जेठ  ५ । भरतपुर महानगरपालिका २९ गाईघाटमा नाारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आउँदै गरेको कारलाई ठक्कर दिदा कारमा सवार ४  जना घाइते भएको छ ।

घाइतेमध्ये सुरज र अन्जनको अवस्था अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भैरहेको छ । ठक्कर दिने ट्रक र चालक जुगेडी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

भरतपुर महानगरपालिका २९ गाईघाटमा नाारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख २२०२ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग २ च ४७६ नम्वरको कारलाई ठक्कर दिदा कारमा सवार ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा गोरखा ठिमुरो स्रोह वडा नः ९का कार चालक विनोद श्रेष्ठ, सोही स्थानका बर्ष २२ का अन्जन कुँवर, सोही स्थानकै २६ बर्षका सुरज कुँवर र ललितपुरका भिम मास्के घाइते भएका हुन् ।