धादिङमा पहिलो पटक फोटो ग्राफी तालिम सुरु

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ३, २०७५

सरस्वती खाँड ठकुरी
धादिङ जेष्ठ ३ ।
नेपाल फोटो पत्रकार संघ धादिङको आयोजनामा पहिलो पटक धादिङमा फोटो ग्राफी तालिम सुरुभएको छ ।

धादिङबेसी स्थित आर. के. गेष्ठ हाउसमा विहिबार देखि सुरुभएको उक्त तालिममा जिल्लाभरबाट ३० जना प्रशिक्षर्थीहरु सहभागि छन् ।

तालिमको पहिलो दिन प्रशिक्षकहरु आर आर क्याम्पसका फोटो ग्राफर तथा स्वतन्त्र फोटो पत्रकार नरेश श्रेष्ठ, राससका फोटो पत्रकार प्रदिपराज वन्त, फोटो ग्राफर एण्ड भिडियो ग्राफर राजन घिमिरेले सहजिकरण गरेका थिए ।

नीलकण्ठ नगरपालिकाका उप–प्रमुख मनराज भण्डारीले मुल ब्यानरको फोटो खिचेर तालिमको उद्घाटन गरेका थिए ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख मनराज भण्डारीले जिल्लामा नै पहिलो पटक आयोजित तालिमको विशेष महत्व रहेको बताए ।

शुभकामना मन्तव्य राख्दै प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी र प्रेस चौतारी धादिङका उपाध्यक्ष सानुबाबु तिमिल्सिनाले तालिम महत्वपूर्ण भएको र सहभागिहरुले क्यामरा म्यानहरुले अवसरको रुपमा लिन सक्नु पर्ने बताएका थिए ।

नेपाल फोटो पत्रकार संघ धादिङ अध्यक्ष नारायण सिलवालको सभापतित्व र उपाध्यक्ष मनिश दुवाडीको संचालनमा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य हरिहर सिंह राठौर, पत्रकार महासंघ ३ नम्बर प्रदेशका कोषाध्यक्ष सिताराम अधिकारी, जिल्ला अध्यक्ष नवराज छत्कुली, जिल्ला स्थित संचारकर्मीहरुको आतिथ्यता रहेको थियो ।