काठमाडौं, जेठ ३ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादीका शीर्ष नेताहरुले विभिन्न खालका बिरुवा रोपेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, गृहमन्त्री एवं माओवादीका नेता रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ प्रकाश, एमाले नेता विष्णु पौडेल लगायतले बिरुवा रोपे ।
कपूर, समी, आँप, अम्बा लगायतका बिरुवा रोपिएको हो । तर प्रचण्डले रोपेको बिरुवाको नाम कसैले जानेनन । प्रचण्ड सोध्दै हुनुहुन्थ्यो, यो के को बिरुवा हो रु कोही बोलेनन् ।
एकजना भन्दैथिए – जापानको बिरुवा हो सर, नाम त थाहा छैन ।
प्रचण्डले फेरि सोध्नुभयो – यो कत्रो हुन्छ सहयोगीले जवाफ दिए– ठूलै हुन्छ सर । अनि प्रचण्डले फेरि सोध्नुभयो – यसले छहारी दिन्छ ।
अनि सबै गलल हाँसे ।
अहिले पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । दिउँसोे ४ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी छ ।