एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा गर्व छः प्रचण्ड

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छ ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलो पटक हो ।

उनले मदन–आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।

२५ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’

आज नयाँ प्रक्रिया शुरु गर्न लागेको बताउँदै प्रचण्डले भने, ‘यो नै कमरेड मदन र आश्रतिप्रतिको सच्चा सम्मान हुनेछ ।’