गाडिको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ३, २०७५

बाँके, जेठ ३ । बाँके जिल्लाको कोहलपुरमा गाडिले ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक चापागाँई शिक्षक हुन् ।

कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो ।