कर्मचारीको उमेर ६० वर्ष पु¥याउन सुझाव

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २, २०७५

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेस गरेको प्रतिवेदनमा विभिन्न सरकारी सेवाको कर्मचारीको उमेर ६० वर्ष पु¥याउन उपयुक्त हुने सुझाव दिएको छ ।

सक्षम र योग्य कर्मचारीलाई मात्रै थप दुई वर्षका लागि नेपाल सरकारले शर्तसहित अवकाशको उमेर थप्न सक्ने कानुनी व्यवस्था राख्न राम्रो हुने उहाँले बताउनुभयो । कर्मचारीको अवकाशको उमेर ६० वर्ष कहिलेदेखि लागू गर्ने भन्ने विषय पनि निकै विवादित बन्दै आएको छ । त्यसैले कानुनमै मिति तोकेर कार्यान्वयनमा ल्याउन उपयुक्त हुने सुझाव पनि प्रतिवेदनमा दिइएको छ । निजामती सेवामा कर्मचारीको अवकाशको उमेर ६० वर्ष कायम गरिएमा यसको प्रभाव नेपाल सरकारका अन्य निकाय सार्वजनिक संस्थान, प्रतिष्ठान, सङ्घ, संस्थामा पनि स्वतः पर्नछ ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेस गरेको प्रतिवेदनमा कर्मचारीको उमेर ६० वर्ष पु¥याउन उपयुक्त हुने सुझाव दिएको छ । समितिले विभिन्न सरकारी सेवाका कर्मचारीको अवकाशको उमेरमा एकरूपता कायम गर्न पनि सिफारिस गरेको छ । निजामती सेवामा कर्मचारीको अवकाशको उमेर ६० वर्ष पु¥याउनुपर्ने चर्चा र बहस पटक–पटक हुँदै आएको छ ।

स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीको अवकाशको उमेर ६० वर्ष छ । त्यसैगरी, शिक्षा सेवाका कर्मचारीको अवकाश उमेर ६३ वर्ष छ । जिल्ला न्यायाधीश र उच्च अदालतका न्यायाधीशको अवकाश ६३ वर्षको उमेरमा हुन्छ भने सर्वोच्च अदालत र संवैधानिक निकायका पदाधिकारी अहिले ६५ वर्षको उमेरमा सेवानिवृत्त हुन्छन् । प्रतिवेदन कार्यान्वयन सहजीकरण समितिका संयोजक दाहालले हाल ५८ वर्षमा अवकाशमा जाने व्यवस्थालाई ६० वर्ष पु¥याउन उपयुक्त हुने बताउनुभयो । उहाँले सबैको अवकाश उमेर स्वत नबढाई सरकारले निर्णय गरेमा दुई वर्ष थप गर्न सकिने प्रावधान राख्न उपयुक्त हुने सुझाव दिइएको बतायनुभयो ।