काठमाडौं, जेठ २ । सुर्खेतको वीरेन्द्रनगरबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको नाइन एन जेयु जहाज बेपत्ता भएको छ ।
२ घण्टासम्म सम्पर्क बिहिन भएको जहाजले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थलले जनाएको थियो । तर विमानस्थलले नै त्यहाँ जहाज नभेटिएको, यस अघि गलत सूचना आएको र जहाज अझै सम्पर्क बिहिन रहेको बताएको छ । कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए ।
सुर्खेतको वीरेन्द्रनगरबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको नाइन एन जेयु जहाज बेपत्ता भएको थियो। बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो लिएर सिमकोटका लागि उडेको मकालुको जहाज सम्पर्कविहीन भएको थियो। ६ बजेर ५५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्ने सेड्युल थियो।