काठमाडौं,जेठ १। महानगरिय प्रहरी प्रभाग, नागढुङ्गाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको छ ।
उनको साथबाट एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, फेनार्गन ५० एम्पुल र डाईजाल्याव ५० एम्पुल गरी जम्मा २ सय एम्पुल र ३ सय ट्याव्लेट नाईट्रोवेट बरामद भएको महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाका प्रहरी निरीक्षक केशवराज भट्टले बताए ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा दुहवी नगरपालिका–२, सुनसरीका २३ वर्षीय श्याम शाहलाई पक्राउ गरिएको हो ।