कर्नाटकमा मोदीको लहर, कांग्रेस सत्ताबाट हट्ने संकेत

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

काठमाडौं,जेठ १। कर्नाटकको विधानसभा चुनावको प्रारम्भिक रुझानले भारतीय जनता पार्टीलाई उत्साहित बनाएको छ । कांग्रेस भने सत्ताबाट हट्ने संकेत देखिन्छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिले भाजपाले ११५ सिटमा अग्रता लिइरहेको छ । जबकी २०१३ मा उसले मात्र ४० सिट जितेको थियो ।

कांग्रेसले ६४ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा उसले १२२ सिट जितेको थियो ।

जेडी (एस) ले ४० सिटमा अग्रता लिएको छ । उसले २०१३ मा पनि ४० सिट नै जितेको थियो । अघिल्लो चुनावका तुलनामा धेरै सिट गुमाउनेमा अन्य दलहरु छन् । गत चुनावमा उनीहरुको २२ सिट थियो, यो पटक मात्र ३ सिटमा अग्रता छ ।