स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

डोल्पा, जेठ १। प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ परेका छन् । घटनामा संलग्न छ जना मध्ये दुईजना पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

उनीहरूलाई त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पक्राउ परेका दुई जनाको सुराकीमा लत्ताकपडा,चन्दा रसिद ठेली,स्याटलाइट फोनजस्तो देखिने एक थान फोन बरामद गरेको र पक्राउ परेका दुई जनाको अनुसन्धान भईरहकाले रिहा गर्ने विषयमा अहिले नै भन्न नसकिने प्रहरी नायव उपरीक्षक शर्माले बताए । उनीहरूको योजना यार्सागुम्बा पाटनमा गएर यार्सा संकलक,ब्यापारीहरूबाट चन्दा संकलन गर्ने मुख्य योजना रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको ६ जनाको समुहले प्रहरी हवलदार धनसिँह कठायत र प्रहरी जवान जयलाल बस्नेत माथि ढुङ्गा प्रहार गरि आक्रमण गरेर नेकपाका जिल्ला कमिटी सदस्य शाहीलाई छुटाएर लगेका थिए ।

नेपाल बन्दको शिलशिलामा ३० वैशाखमा पक्राउ परेका नेकपा माओवादीका कार्यकर्ता डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठुलीभेरी नगरपालिकाको वडा नं ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर शाहीलाई भगाएपछि प्रहरीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक हरी प्रसाद शर्माले बताए ।