फेसबुक कम्पनीले २०० एप्सहरू बन्द गर्ने घोषणा

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७५

न्युयोर्क, जेठ १। गत मार्च २१ मा फेसबुक संस्थापक मार्क जुकरबर्गले एक घोषणा गर्दै सन् २०१४ अघि प्रयोगकर्ताका डाटामा पहुँच रहेका  एप्सहरुमाथि अनुसन्धान गरिने घोषणा गरेका छ ।

पछिल्लो समय प्रयोगकर्ताहरूको डाटा चोरी भएको भन्दै विवादित बनेको उक्त कम्पनीले डाटा चोरीलाई रोक्नका लागि यस्तो निर्णय गरेको हो । डाटा चोरीका लागि सहयोग गर्न सक्ने विभिन्न एप्सहरू बन्द गर्ने घोषणा गरिएको कम्पनीका मालिक मार्क जुकरबर्गले बताए ।

फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो ।