काठमाडौं,जेठ १। भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।
स्वतन्त्र, सार्वौभौम, स्वाधीन नेपालको विषयमा भारतीय सांसद आजदबाट आएको अभिव्यक्ति नेपालीका लागि सह्य नहुने अध्यक्षा महरले बताए ।
नेविसंघले आजादलाई कारबाही गर्न नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक दबब दिनुपर्ने मुख्य माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास लैनचौरमा धर्ना दिने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।
दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायले अभिव्यक्ति आएको भन्दै आन्दोलित भएको हो ।