आजादलाई कारबाही माग गर्दै नेपाल विद्यार्थी संघ आन्दोलित

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७५

काठमाडौं,जेठ १। भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।

स्वतन्त्र, सार्वौभौम, स्वाधीन नेपालको विषयमा भारतीय सांसद आजदबाट आएको अभिव्यक्ति नेपालीका लागि सह्य नहुने अध्यक्षा महरले बताए ।

नेविसंघले आजादलाई कारबाही गर्न नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक दबब दिनुपर्ने मुख्य माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास लैनचौरमा धर्ना दिने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायले अभिव्यक्ति आएको भन्दै आन्दोलित भएको हो ।