गाजा हिंसा–मृतकको संख्या ५८ पुग्यो

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

काठमाडौं,जेठ १। प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसामा २७०० घाइते भएको छन् भने कम्तीमा ५८ जनाको ज्यान गएको छ ।

अमेरिकाले आफ्नो दूतावास सारेपछि त्यहाँ हिंसा फैलिएको थियो ।

दूतावास खोल्ने निर्णयप्रति प्यालेस्टायन सन्तुष्ट छैन । प्यालेस्टायनले दूतावास खोल्ने अमेरिकी योजनालाई जेरुसेलममाथि आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने इजरायली नीतिको समर्थनका रुपमा लिएको छ ।

इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप ।